३२ वर्ष कान्छीसँग प्रेममा सलमान खान !

बलिउडका चर्चित नायक सलमान खान आजभोलि आफु भन्दा ३२ वर्ष कान्छी अभिनेत्रीको प्रेममा पागल हुन थालेका छन् । यसको झलक उनीहरुको नियमित भेटघाट र रेष्टुरेन्ट जाने आउने  कुराले दिएको छ।

सलमान र नायिका साइ मंजेरकरको सम्बन्धको अहिले बलिउडमा  चर्चा छ। साइ मंजेकर बलिउडका चर्चित कलाकार एवं निर्देशक महेश मंजेकरकी छोरी हुन् । बलिउडमा अहिले यो पनि चर्चा छ कि २३ वर्षिया अभिनेत्री मंजेरकरबाहेक सलमान आजभोलि बाहिर एक्लै हिड्न रुचाउँदैनन् ।

मिडियामा आएका गसिपलाई आधार मान्ने हो भने एक्लै कतै जानु परे सलमानले मंजेरकरलाई नबोलाइ हिंड्दैनन्।अभिनेत्री मंजेरकरले सामाजिक सञ्जालमा राखेका तस्वीरले पनि उनीहरुको बारेमा चलेका हल्लाको पुष्टि गरेको छ । केही दिन अघि आधारातमा सलमान र साइ मन्जेरकर खाना खान मुम्बइको एउटा रेस्टुरेन्ट पुगेको कुराले झन् यस कुरालाई थप बल पुगेको छ।

रेस्टुरेन्टमा उनीहरुबीच देखिएको निकटतालाई लिएर कतिपय मिडियाले भने सलमान र साईबीच चाँडै बिहे हुनेसम्मको समाचार लेखेका छन् । रेस्टुरेन्टमा उनीहरुले लामो समय बिताएका थिए ।

सन् २०१९ मा दबंग ३ फिल्ममा सँगै काम गरेको यो जोडी पछिल्लो समय रियल लाइफमा पनि सँगै देखिन थालेको हो । सलमानका समर्थकले भने कैटरिना कैफ र ऐश्वर्या रायसँग जस्तै मंजेरकरसँगको सम्बन्ध भने नछुटोस भन्ने कामना गरेका छन् ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय