यु-१९ विश्‍वकप: नेपालले अफगानिस्तानसँग खेल्दै, जित्‍नैपर्ने दबाब

काठमाडौं, १२ माघ । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ क्रिकेट विश्वकपमा नेपालले आज तेस्रो तथा निर्णायक खेल खेल्दै छ । नेपाल र अफगानिस्तानबीच आज दिउँसो पौने २ बजेदेखि खेल हुने छ ।

नेपालले अफगानिस्तानसँग गत महिना यु-१९ एसिया कपमा पनि खेलेको थियो जसमा नेपाल पराजित भएको थियो । नेपाल र अफगानिस्तान यस समूहमा पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएका छन् । सुपर सिक्समा पुग्‍नका लागि नेपाललाई खेल जित्‍नैपर्ने दबाब छ ।

प्रतियोगितामा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तानसँग परेको थियो । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्‍ने प्रावधान छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय