राष्ट्रिय सभा निर्वाचन : काठमाडौका मेयर वालेनले गरे बहिस्कार

काठमाडौ,११ माघ। आज भएको राष्ट्रिय सभा निर्वाचन काठमाडौ महानगरपालिकाका मेयर वालेन शाहले बहिस्कार गरेका छन् ।
बागमती प्रदेशबाट निर्वाचित हुने उम्मेदवारको लागि मतदान गर्न हेटौंडा जानुपर्नेमा मेयर वालेन शाह काठमाडौमै बसे। महानगरपालिकाको प्रमुखको रुपमा उनिसङ्ग १९ मतभार थियो। कार्यव्यस्तताका कारण हेटौंडा जान नसकिएको खबर मेयर वालेनको तर्फबाट बिहानै जानकारी दिइएको थियो।
‘उहाँ कार्यव्यस्तताका कारण मतदान गर्न नजानु भएको हो,’ वालेनको सचिवालयले भनेको छ।२०७९ वैशाखमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको मेयर बनेका शाहले राष्ट्रियसभा निर्वाचनमा पहिलो पटक नै मतदान नगर्ने भएका छन् ।
यस्तै हाम्रो पार्टीका दुई जना प्रदेश सांसदले पनि राष्ट्रियसभा निर्वाचनमा मतदान गरेनन् । हाम्रो पार्टीका तर्फबाट प्रदेश सभामा रहेका दुबै सांसद मतदान स्थल गएनन् ।

