राष्ट्रिय सभा निर्वाचन :हर्कले भने-‘व्यस्त छु आउँदिन’

बिराटनगर,११ माघ । धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् ।
आज भैरहेको निर्वाचनमा कोशीमा उनी सहित ४ जना अनुपस्थित छन् । स्वतन्त्र बाट निर्वाचित मेयर साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् ।
‘उहाँले व्यस्त भएका कारण भोट हाल्न नआउने भन्नुभयो’ साङ्पाङका निकट एकजना जनप्रतिनिधिले परेवान्युज संग भने-‘मेयर ज्यु आउने कुरा थियो,तर पछि म ब्यस्त भए आउँदिन भन्नुभयो र अहिले फोन उठाउन छाड्नुभयो।’

