राष्ट्रियसभा निर्वाचन आज

काठमाडौं, ११ माघ । राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० अन्तर्गत १९ सिटमा आज (बिहीबार) सात वटै प्रदेशमा मतदान हुँदैछ।

निर्वाचनमा प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुख्ले मतदान गर्नेछन् ।प्रदेशसभा सदस्यका लागि हरियो र पालिका प्रमुख तथा उपप्रमुखका लागि रातो रङको मतपत्रको व्यवस्था गरिएको छ ।मतदान बिहान ७ देखि अपराह्न ३ बजेसम्म हुनेछ ।

प्रदेशसभा सदस्यको मतभार ५३ हुनेछ भने स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको मतभार १९ हुनेछ। सत्ता गठबन्धनका दलहरूको साझा उम्मेदवार छन् भने प्रमुख प्रतिपक्षी एमाले र राप्रपाले कोशी प्रदेशमा मात्रै सहकार्य गरेका छन् ।

मतदान सकिएपछि आजै मतगणना हुनेछ। यसपटक राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले कमजोर मतभार लिएर प्रतिस्पर्धा गरिरहेका कारण चुनावी परिणाम सत्ता गठबन्धनको पक्षमा जाने देखिन्छ ।

 

प्रदेशसभा सदस्यको मतभार ५३ का आधारमा पाँच हजार छ सय ७१ र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको मतभार १९ का आधारमा पाँच हजार ७३ गरी कूल मतभार १० हजार सात सय ४४ रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय