बुधबार विहान काठमाडौंको तापक्रम चार डिग्री सेल्सियस, अझै केही घट्ने

काठमाडौं, १० माघ । बुधबार विहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । विहान पौने ६ बजेको मापन अनुसार उक्त तापक्रम देखिएको मौसमविद्ले बताएका छन्।
पौने ९ बजेको मापनमा उक्त तापक्रम अझै केही घट्ने छ । विहान दुईपटक न्युनतम तापक्रम मापन गर्ने गरिन्छ । बिहान ५:४५ एकपटक मापन गरिन्छ भने आधिकारिक रेकर्डको लागि ८:४५ बजेको मापन लिइन्छ ।
मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १७.८ डिग्री सेल्सियस थियो । आज उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसको बीचमा रहने सम्भावना देखिएको छ ।
अहिले बिहान काठमाडौँ उपत्यकामा हुस्सु लागेको छ भने केही समयपछि हुस्सु हट्दै जाने र मौसम खुल्दै जाने छ ।

