यु-१९ विश्‍वकप क्रिकेट: नेपाल पाकिस्तानसँग खेल्दै

Photo: ACC

काठमाडौं, १० माघ । शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु भएको आइसीसी यू–१९ क्रिकेट विश्वकपमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ । नेपाल र पाकिस्तानबीच आज दिउँसो पौने २ बजेदेखि खेल हुने छ ।

नेपालले पाकिस्तानसँग गत महिना यु-१९ एसिया कपमा पनि खेलेको थियो जसमा नेपाल ७ विकेटले पराजित भएको थियो । पाकिस्तानले आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग जीत निकालिसकेको छ । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो ।

प्रतियोगितामा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तानसँग परेको छ ।  अफगानिस्तानसँग पनि नेपालले अघिल्लो महिना एसिया कपमा खेलिसकेको छ ।

नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • आज जनैपूर्णिमा

    देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले...

  • रसुवा बाढी: धादिङका ७९ सम्पर्क विहीन 

    धादिङ । रसुवाको भोटेकोसी नदीमा गएको बाढीपछि धादिङका ७९ जना अझै सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी...