आहा ! रारा पोखरा गोल्डकप फुटबलमा आज आर्मी र राइजिङ स्टार खेल्दै

पोखरा, १० माघ । पोखरामा जारी २३औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज त्रिभुवन आर्मी क्लब र नवलपरासी सुनवलको राइजिङ स्टार क्लब बीच प्रतिस्पर्धा हुने छ ।

मङ्गलबार भएको उद्‍घाटन खेलमा आयोजक सहारा क्लबलाई हराउँदै थ्रीस्टार क्लब क्‍वाटरफाइनलमा प्रवेश गरिसकेको छ । थ्रीस्टारले सेमिफाइनल प्रवेशका लागि भुटानको पारो एफसीसँग खेल्ने छ ।

माघ २० गतेसम्म पोखरा रङ्गशालामा चल्ने प्रतियोगितामा ११ नेपाली टोली तथा भुटानको लिग च्याम्पियन क्लब पारो एफसीको पनि सहभागिता रहेको छ । पारो एफसी पहिलो पटक नेपाल आउन लागेको हो ।

प्रतियोगितामा आयोजक सहारा क्लबसहित नेपालका ‘ए’ डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी क्लब, संकटा यूथ क्लब, चर्च ब्वाइज क्लब, मछिन्द्र एफसी, जावलाखेल यूथ क्लव र थ्रिस्टार क्लबको सहभागिता रहने छ भने विभागिय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब सहभागी हुने छन् । त्यसैगरी नवलपरासी सुनवलको राइजिङ स्टार क्लबको समेत पहिलो पटक प्रतियोगितामा सहभागिता रहने छ ।

प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफीसँगै नगद पुरस्कार १२ लाख रुपैयाँ पाउने छ भने उपविजेताले ६ लाख रुपैयाँ नगद प्राप्त गर्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...