धरानमा इन्जिनियरिङ प्रदर्शनी

ताराप्रसाद पोख्रेल

धरान,७ माघ। पुर्बाञ्चल इन्जिनियरिङ अध्यन संस्थान धरानको प्राङ्गणमा नेपालभरिका इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुले इन्जिनियरिङ मेलामा आ-आफ्नो कला प्रस्तुत गरेका छन्।

यहि माघ ५ गते देखि ७ गतेसम्म भएको प्रदर्शनीमा विभिन्न क्याम्पसहरुको सहभागीता रहेको थियो । बिशेषगरि धरानको तिनकुनेमा रहेको पुर्बाञ्चल इन्जिनियरिङ क्याम्पस र पोखराको पश्चिमाञ्चल इन्जिनियरीङ क्यापसको सहभागीता बेजोड थियो। काठमाडौको इन्जिनियरिङ क्याम्पस पुल्चोकको पनि मेलामा सहभागीता थियो ।

मेलामा देखिएका दृश्यले विद्यार्थीहरुले आफुले अध्यन गरेको शिपलाइ भरपुर उपयोग गरेको देखियो । मेलामा प्रदर्शन गरिएकाहरुमा धान रोप्ने मेशिन कृषि इन्जिनियरिङ क्याम्पस धरानका तेश्रो बर्षका विद्यार्थीहरुले बनाउन सकिने नमुना देखाएका थिए । विद्यार्थीहरुको भनाइ अनुसार यो धान रोप्ने मेशिन यहि आउदो चैत्रमा धान रोप्ने समयमा परिक्षण गरिनेछ ।


त्यसैगरी अर्को लुसिड पाइप प्रयोग गरेर प्रेसर कम तर बिजुलिको पावर बढी निकाल्ने खालको पनि तयार हुनसक्ने विद्यार्थीले बताए । पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस पोखराका विद्यार्थीहरुले तयार गरेको यो पाइपमा प्रेसर गरि तयार गर्ने पोखरा र हेटौंडामा बनाउने सोच बनाएको र लगानिकर्ता खोजिरहेको बताए । यस्तो प्रयोग नर्बे ,क्यालिफोर्निया र दुबईमा भएको उनीहरुको भनाइ थियो।

त्यस्तै खानेपानी बोरिङ ८ सय देखि ३ हजार USD प्रती KW को दरले शक्ति निर्माण हुनेछ । यसलाइ सकेसम्म कम खर्चमा पनि तयार गर्न सकिने विद्यार्थीहरु बताउँछन् ।
त्यसैगरी प्रदर्शनीमा राखिएको पानीमा मात्र फसल उत्पादन गर्ने र सफा र किटाणु रहित उत्पादन हुने प्रबिधी पनि थियो । माटोमा नभई पाइपमा पानी जम्मा गरि त्यही पाइपमा पानीको फ्लो गराइ फलफुल सब्जी इत्यादी उत्पादन गर्न सकिने प्रबिधि पनि प्रदर्शनी गरिएको थियो । यो प्रबिधी ललितपुरको बालकुमारीमा रहेको क्याथफोर्ड कलेजले तयार गरेको थियो ।

त्यसैगरी पुर्बाञ्चल इन्जिनियरिङ क्याम्पसले तयार गरेको बिजुली उत्पादन गर्ने तरिकाको प्रदर्शनी थियो जुन खोलामा ड्याम बनएर निकालेको जस्तो थियो । इलेक्ट्रो कार्डियोग्राम जस्ले मुटुको धड्कन नाप्ने पनि प्रदर्शनीमा थियो । त्यसैगरी टाढाको बस्तु हेर्ने टेलिस्कोप नेपालमा नबनेपनी अब नेपालमै बनाउन सकिने पश्चिमाञ्चल क्षेत्रीय क्याम्पसका विद्यार्थीको भनाइ थियो । यहि क्याम्पसले भारी यताउता सार्ने मेसिन जस्ले कुन रंगको र कति केजिको तौलको हो भन्ने समेत मापन गर्ने खालको प्रबिधी तयार गरेर देखाइएको थियो । स्मार्ट फोनबाट ढोका खोल्ने गरि औठाछापलाइ प्रयोग गरेर ढोका खोल्ने बन्द गर्ने प्रबिधी पनि प्रदर्शनीमा देखाइएको थियो ।
पुल्चोक क्याम्पसका विद्यार्थीहरुले भुकम्प प्रतिरोधात्मक घर बनाउने प्रबिधी पनि प्रदर्शनीमा देखाइएको थियो । अग्लो घर बनाउदा तलको हातिपाइले ठिक माथी एक किसिमको रबर , धातु, बेरिङ, गृज , चिप्लेढुङ्गा राखेर पनि घर बनाउन सकिने र भुकम्प आउदा तल्लो भाग हल्लिएपनी ती धातु राखिए भन्दा माथी तलको जस्तो नहल्लिने प्रबिधी देखाइएको थियो । यो प्रबिधी प्रयोग गर्दा खर्च पनि कम लाग्ने विद्यार्थीले बताए ।


त्यसैगरी मेसिनद्वारा बुट्टा काटेर कलात्मक देखाउने र भर्टिकल खेती गर्ने तरिकाको बिकाश गरि प्रदर्शनीमा राखिएको थियो । हाम्रो देशमा पनि यहि किसिमले अघि बढाउने हो भने इन्जिनियरिङ क्षेत्रबाट विभिन्न खाले बैज्ञानिक र इन्जिनियर तयार हुने देखिन्छ । त्यसैले शिपमुलक शिक्षामा जोड दिए बेरोजगारी बस्नु पर्दैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय