स्थानीय उत्पादन र मौलिक खानाको प्रवर्द्धनमा जोड दिन उद्योग मन्त्री रिजालको आग्रह

काठमाडौ,६ माघ।उद्योण वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले स्वदेशी मौलिक एवं रैथाने उत्पादनको प्रवर्द्धनका लागि सरकारले विशेष कदम चालेको बताएका छन्।
काठमाडौ बुढानिलकण्ठ-१० कपन स्थित वर्ल्डमार्ट युनिक सोलुशन प्रालीद्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले आयोजना गरेको उ्रत्पादन तथा परिकार मेला (चौरासी व्यञ्जन) अवलोकनको क्रममा मन्त्री रिजालले यस्तो बताएका हुन् ।
मौलिक बजारको अवलोकन गरेपछि मन्त्री रिजालले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरी कानुनलाई फुकाउने प्रयास भइरहेको समेत जानकारी दिए।

मन्त्री रिजालले मौलिक बजार तथा मौलिक भान्छाको अवलोकनको क्रममा यस्ता नयाँ र इनोभेटिभ उद्योग तथा व्यवसायलाई मन्त्रालय आफैं प्रवर्द्धनमा लाग्ने पनि बताए।’स्वदेशमा बसेर उद्योग व्यवसाय गर्न चाहने युवाहरुका लागि प्राथमिकतामा राखेर मन्त्रालयले नयाँ उद्यमीको लागि लक्षित गरेर स्टार्टअप कार्यक्रम ल्याएका छौं’,मन्त्री रिजालले भने,-‘प्याकेजिङमा सुधार गर्दै नेपाली उत्पादनको बजारीकरण आजको आवश्यकता हो।’
मौलिक बजार तथा मौलिक भान्छाघरले नेपाली उत्पादन र बजारीकरणको क्षेत्रमा नयापन सुरु गरेको देखेर आफूलाई अत्यन्त खुशी लागेको समेत मन्त्री रिजालले बताए।
सोही अवसरमा मौलिक बजार तथा मौलिक भान्छाघरका सञ्चालक सुमन दाहालले एक स्थानीय तह एक उत्पादन ब्रान्डिङ गर्ने लक्ष्य अनुसार हाल सात प्रदेशको १५ पालिकाबाट सामान संकलन भइ बजारीरण सुरु भएको र यो क्रम सबै पालिकासम्म पुर्याउने जानकारी दिए।
उनले सरकारले साथ दिएमा र सम्बन्धित मन्त्रालयको समेत सहजीकरण हुने हो भने गाउँ गाउँका मौलिक एवं रैथाने उत्पादनको बजारीकरणमा सबै पालिकासँग समन्वय गर्दै अगाडी बढ्न आफुलाई हौसला मिल्ने बताए।
कार्यक्रममा डिग फर नेपालका अध्यक्ष नारायण सिग्देलले सरकारसँगको सहकार्यमा बाँझो रहित पालिका बनाउन सकिनेमा जोड दिए। स्वदेशी उत्पादन वृद्धि गर्नका लागि विद्यालय तहमा नै विद्यार्थीलाई पढाई संगै बहुउपयोगी सीप र परिचालन गर्दे जान सकिने पनि उनको भनाइ थियो।

मौलिक बजार मौलिक भान्छाघरले अर्गानिक फार्म, पशुपन्छी फार्म, फार्मस्टे, एक स्थानीय तह, एक उत्पादन ब्रान्डिङ गर्न प्रशोधन तथा ब्रान्डिङ उद्योग, ७५३ वटै स्थानीय तहहरुमा खरिद बिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य अनुरुप मौलिक बजार तथा मौलिक संग्राहालय साथै देशभित्रका मौलिक चाडपर्व, संस्कृति र रैथाने परिकारको प्रवर्द्धन गर्न ७ प्रदेश विशेष मौलिक परिकार तथा चौरासी व्यञ्जनको मेनु सहित मौलिक–भान्छाघर तथा सांस्कृतिक हल समेतको मौलिक परियोजना सञ्चालन गरिरहेको छ ।

