पोखरामा स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

पोखरा, ६ माघ । पोखरामा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो पोखराको कास्कीकोटमा बाल प्रतिभा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सोही स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत समीर कार्कीको ज्यान गएको हो ।

शुक्रबार स्कुलबाट घर जाँदा बसबाट ओर्लिएका समीरलाई उनी चढेरै आएको ग १ क ४०८२ नम्बरको बसले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारको लागि पोखरास्थित मेट्रोसिटी अस्पताल लगिएको भएपनि उपचारका क्रममा शुक्रबार साँझ उनको मृत्यु भएको हो ।

प्रहरीले बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय