तपाईंलाई मुटुमा समस्या छ ? चिसो मौसम छ यसो गर्नुहोस् !

काठमाडौ।चिसोको कारण दिनहु मान्छेको मृत्युहुनुमा मुटुको समस्या प्रमुख हुन सक्छ । मुटुमा रगतप्रवाह असन्तुलित हुदा यस्तो हुने गर्छ । त्यसैले जाडो बढेका बेला मुटुरोगी, वृद्ध तथा बच्चाहरूले विशेष सावधानी अपनाउनु पर्छ ।

चिसो मौसममा रगत जम्नसक्ने खतरा हुन्छ । उता बाहिरी नसाका रगतहरू भित्री नसामा प्रवेश गर्दा त्यसको चाप बढछ । भित्री नसामा रगतको बाडी जस्तो हुन्छ यसको प्रत्यक्ष असर मुटुमा पर्न जान्छ । मुटुका धमनीहरूले काम गर्न सक्दैनन् । मुटुमा रक्तप्रवाह अनन्तुलित हुनासाथ त्यसले रक्तचाप बढाउने काम गर्छ ।

त्यतिमात्रै होइन चिसोकै मौसममा रगत जम्ने सम्भावना हुन्छ । किनभने चिसो बढेका बेला रगत जमाउन मद्धत गर्ने (कार्टिसोल )प्रोटिनको स्तर समेत बढछ । शरीरमा तापको मात्रा मिलाउन मुटु बढी क्रियाशिल हुनुपर्छ । यसले पनि प्रेसर बढाउछ ।

जाडोका बेला रगत जम्ने मात्रै होइन धमनिहरू समेत कडा हुन्छ । कहिले काही यसैको प्रभावले रक्त प्रवाहमा अवरोध उत्पन्न हुन्छ । यसबाट समेत व्लड प्रेसर बढन सक्छ । जव रगत प्रवाहमा अवरोध हुन्छ । यसले हार्ट एट्याक, हार्टफेल तथा स्ट्रोक (मस्तिष्क घात) हुन सक्छ । चिसोकै बेला बाथ मुटु समेत हुनसक्छ । चिसोले केटाकेटीमा घाटी दुख्ने टन्सिल बढने र त्यसैको असरले बाथ मुटु हुने समस्या देखापर्छ ।

त्यसैगरी चिसोले फोक्सोमा असर गरी त्यसले निमोनिया हुने सम्भावना रहन्छ । बालक तथा बद्धहरूका लागि चिसोको कारणले हुने निमोनिया जोखिम युक्त नै हुन्छ । फोक्सोमा असर हुने त छदैछ कहिले काही फोक्सोको असरले मुटुमा समेत अप्ठेरो पार्न सक्छ ।

उसो भए के गर्ने त ?
–मुटुरोगीहरू जाडो बढेका बेला मर्निङवाकमा ननिस्कने
–मुटुरोगीले नियमित स्वास्थ्य परीक्षण गर्ने
–व्यायम गर्न परे घरभित्रै गर्ने
–शरीरमा चिसो पैतलाबाट घुस्ने हुनाले बाक्ला मोजा लगाउने ।
–छातीतथा फोक्सोमा चिसो घुस्न नदिन न्यानो कपडा लगाउने
–खुट्टामा चिसो रहे शरीर नतात्ने हुनाले खुट्टाको पैतला तताउन बल गर्ने
–खुट्टा नताते तातोपानीमा डुवाउने, हडवाटर व्यागले सेक्ने
–तेल तताएर पैतालामा विशेष मालिस गर्ने
–विहानको घाममा ढाड फर्काएर बस्ने
–शरीरमा बाक्ला कपडा लगाउने
–बस्ने कोठामा भयान्टीलेसन राखेर हिटर ताप्न सकिन्छ ।

के खाने ?

–तातो सुपहरू प्रसस्त खाने
–तातो पानी प्रसस्त खाने
–कालोचियामा मरिज हाली खादा पनि शरीरका लागि राम्रो हुन्छ ।
–गहतको झोल बनाई खादा पनि चिसोबाट बच्न सकिन्छ ।
–ज्वानोको झोल बनाई खान पनि सकिन्छ
–गुन्द्रुकको झोल, भट्टमास र भुटेको मकै खादा पनि जाडोमा निकै लाभ दायक हुन्छ । मुुटुरोगीहरूले माछा तथा कुखुराको मासुहरू खान मिल्छ ।
–लसुन तथा अदुवाले पनि फाइदा गर्छ

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय