पोखरा-बागलुङ राजमार्गको फिर्के पूल अनुगमन

पोखरा, ३ माघ । जिल्ला समन्वय समिति कास्कीको अनुगमन टोलिले पोखरा बागलुङ राजमार्ग अन्तर्गत फिर्के खोला माथी निर्माणाधिन पूलको काम २०८१ असार मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको छ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको अनुगमन टोलिले उक्त राजमार्ग अन्तर्गत पोखरा महानगर पालिका वडा न-२, वडा नम्बर-४ र ५ को सिमानामा पर्ने सो पूलको निर्माण कार्य असार मसान्तसम्म सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको हो ।
सो पूलको निर्माण कार्यमा अत्यन्तै ढिलाइ भएको र जसका कारण अत्याधिक दुर्घटना समेत हुने गरेको जनगुनासो बढेपछि स्थलगत अनुगमन गरेर कामलाई तिब्ररूपमा गुणस्तरीय तवरले सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको प्रमुख पौडेलले बताए।बिकास समयमा गुणस्तरीय तवरले हुनुपर्यो जनताले कुनै गुनासो नगर्ने गरि आयोजनाका काम गर्नुस् , कुनै पनि बहानामा बिकासमा ढिला सुस्ती गर्ने र जनतालाइ दुख दिने काम कुनै हालतमा सह्य हुदैन प्रमुख पौडेलको कथन थियो । पौडेलले विभागिय कार्यालयहरूले संचालित आयोजनाहरूको मासिक कार्यप्रगती विवरण तयार गर्दै कठिनाइहरूको निराकरणमा घनिभुत तवरले लाग्न अनुरोध गरे ।
पोखरा महानगर वडा न-२ का अध्यक्ष दिवसमान प्रधानाङ्ग, वडा नम्बर-४ अध्यक्ष देवकृष्ण पराजुली, वडा नम्बर-५ का अध्यक्ष बिष्णु बराल र जनप्रतिनिधि, जिल्ला समन्वय अधिकारी नवराज बराल,सरोकारवाला कार्यालय सडक डिभिजन कार्यालय पोखराका प्रमुख नवराज बास्तोला ,इन्जिनियर र प्राबिधिक सहित अनुगमनमा गएका पौडेलले कुनै एक पक्ष मात्रै कमजोर तवरले लागेमा निर्धारित लक्ष्य पूरा नहुने भन्दै सबै निकाय जिम्मेवारीका साथ लागे मात्रै समृद्धि सम्भब भएको बताए।
बि स २०७५ सालमा सम्झौता भएर तीस महिनामा सक्नु पर्ने उक्त पूलको काम पटक पटक म्याद थप हुँदै पछिल्लो पटक २०८१ असार मसान्तसम्म सम्पन्न गर्ने गरि म्याद थप भएको बताइएको छ।

