अलौकिक सपनावती सहकारीको नयाँ कार्यालय महाङ्कालमा

काठमाडौ,१माघ।काठमाडौ महानगरपालिका वडा नम्बर-६ महाङ्कालमा अलौकिक सपनावती बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यालय उद्घाटन सम्पन्न भएको छ।

यसअघि बौद्ध-जोरपाटी सडक अन्तर्गत टुसाल नजिक र बुढानिलकण्ठ नगरपालिका कपनमा रहेको सो संस्थाको कार्यालय सोमबारदेखि महाङ्कालमा स्थानान्तरण गरेको हो।

संस्थाका अध्यक्ष बाबुराम गौतम,पुर्व अध्यक्ष एवं सल्लाहकार बिम्बकुमार पौडेल र सल्लाहकार ज्ञानबहादुर श्रेष्ठले संयुक्तरुपमा रिवन काटेर कार्यालय उद्घाटन गरेका थिए।

आर्थिक रुपले प्रत्येक ब्यक्तिलाई सवल र सक्षम बनाउने उदेश्यले “आर्थिक विकासको आधार” भन्ने संकल्प लिएर स्थापना भएको संस्थामा हाल एक हजार चार सय ४० हाराहारीमा शेयर सदस्य रहेका छन् ।

संस्थाले साधारण बचत,बिशेष बचत,गृहिणी बचत,बाल बचत,बृद्ध बचत,खुत्रुके बचत,एकमुष्ट आवधिक बचत,बाल शैक्षिक बचत र आवधिक बचत संचालन गरेको छ। यसैगरी सामुहिक जमानी कर्जा,मुद्धती कर्जा,व्यावसायिक कर्जा,कृषि र शैक्षिक कर्जा सहित धितो र हायर पर्चेज कर्जा लगानी समेत गर्दै आएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय