चित्लाङ जाँदै गरेको कार दुर्घटना, दुई बच्चासहित पाँच जनाको मृत्यु

काठमाडौं, २८ पुस । काठमाडौं-चित्लाङ सडकखण्डमा कार दुर्घटना हुँदा दुई बच्चासहित पाँचजनाको मृत्यु भएको छ भने एकजना सामान्य घाइते भएका छन् ।

शनिबार दिउँसो काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३च ६९८५ नम्बरको निजी कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा दुई पुरुष, एक महिला र दुई बच्चा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम  र ४ वर्षीय बालक प्रियान्स गौतमको ज्यान गएको हो ।

दुर्घटनामा परी ६ वर्षीया स्मारिका गौतम गम्भीर घाइते भएकी थिइन् । उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । स्मारिकाकी आमा डा. सृष्टी तिवारी गौतम सकुशल छिन् ।

घटानाबारे थप विस्तृतमा अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय