घनश्याम निर्देशित ‘चित्रा’ आजदेखि प्रदर्शनमा

काठमाडौं, २७ पुस । घनश्याम लामिछानेले निर्देशन गरेको फिल्म ‘चित्रा’ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्र आजदेखि देशभर रिलिज भएको हो ।

रिलिज अघि फिल्मको प्रिमियर शो मा राम्रो प्रतिक्रिया आएको थियो । प्रिमियरमा उपस्थित नेपाली फिल्मकर्मीहरुले निर्माण टिमको प्रशंसा गरेका थिए ।

पारिवारिक कथावस्तुमा बनेको यस फिल्मले बुवाछोरीको सम्बन्धको कथा भनेको छ । महेश पौडेलको छायांकन रहेको फिल्ममा मनिष गौतमको पटकथा/संवाद तथा लेखन छ ।

चलचित्रमा डेब्यू अभिनेता सन्तोष अधिकारी अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकाललगायतको पनि अभिनय छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय