खेलकुदमन्त्री लिम्बुलाई पत्नीशोक

काठमाडौं, २७ पुस । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई पत्नीशोक परेको छ । मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।
लामो समय देखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बुको मोरङको लेटाङस्थित घरमा नै निधन भएको हो । उनको शुक्रबार लेटाङको गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने जनाइएको छ ।
लिम्बुको १ छोरी र १ छोरा रहेका छन् । मन्त्री लिम्बुकी सासुआमाको गत वर्ष निधन भएको थियो भने केही महिना अघि आफ्नी आमाको पनि निधन भएको थियो ।

