काठमाडौंको तापक्रम हिजोभन्दा आज केही घट्यो

काठमाडौं, २७ पुस । बिहीबारको तुलनामा शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापन अनुसार उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको छ ।

बिहीबार सोही समयमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५‍.८ डिग्री सेल्सियस थियो भने पुनः बिहान ८:४५ बजे मापन गर्दा केही घटेर ५.६ डिग्री सेल्सियस देखिएको थियो।

आज पनि बिहान ८:४५ बजेको मापनमा तापक्रम घट्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय