मित्रमिलन सहकारीका लेखा सं‍योजक अधिकारी निवासबाटै पक्राउ

पोखरा, २६ पुस । पोखराको मित्रमिलन सहकारी ठगी आरोपमा सहकारीका लेखा संयोजक सूर्य अधिकारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लेखा संयोजक अधिकारीलाई बुधबार पोखरा १३ कसेरीस्थित उनको निवासबाटै पक्राउ गरिएको हो । बिहीबार उनलाई जिल्ला अदालतमा उपस्थित समेत गराइ सकिएको छ ।

मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिष्टार कार्यालयका पूर्व रजिष्टार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय