रामबहादुर बमजनलाई थुनामा पठाउन सर्लाही जिल्ला अदालतको आदेश

सर्लाही, २६ पुस । सर्लाही जिल्ला अदालतले रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।
बिहीबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले उक्त आदेश दिएको हो । बमजनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।
बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जन विरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । लामो समयदेखि फरार रहेका बमजनलाई प्रहरीले मङ्गलबार घरबाटै पक्राउ गरेको थियो ।

