क्यानलाई पत्र लेख्दै सन्दीपले भने- राष्ट्रिय टोलीबाट अलग रहने छु

काठमाडौं, २६ पुस । क्रिकेटर सन्दीप लामिछानेले आफु राष्ट्रिय क्रिकेट टोलीबाट अलग रहने घोषणा गरेका छन् । काठमाडौं जिल्ला अदालतले बुधबार कैद सजाय निर्धारण गरेपछि उनले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र लेख्दै यस्तो बताएका हुन् ।

उनले क्यानलाई लेखेको पत्रमा जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने कुरा पनि लेखेका छन् ।

त्यस्तै आफू आर्थिक समस्यामा परेको भन्दै क्यानबाट रोकिएको भुक्तानी फुकुवा गरिदिन पनि उनले पत्रमार्फत् आग्रह गरेको क्यान स्रोतले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै सन्दीपलाई ८ वर्षको कैद सजाय तथा पिडितलाई २ लाख क्षतिपूर्ति र ३ लाख जरिवाना समेत भराउन आदेश दिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय