सन्दीप लामिछानेलाई ८ वर्ष कैद

काठमाडौं, २५ पुस । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको हो ।
त्यस्तै पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति तथा ३ लाख रुपैयाँ जरिवाना गराउने आदेश पनि दिइएको छ ।

