सन्दीपको सजाय निर्धारण केहीबेरमा, जिल्ला अदालतमा बहस सकियो

काठमाडौं, २५ पुस । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई सजाय निर्धारण गर्नेबारेको बहस सकिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आज सजाय निर्धारणका लागि बहस रहेको थियो । बहस सकिएसँगै केहीबेरमा सजाय निर्धारण गरिने छ ।
पीडित पक्षले ७ देखि १० वर्षसम्म कैद सजायको माग गरेको छ भने पदमा रहेका बेला भएको घटनाले गर्दा सजाय डेढीको समेत माग गरिएको छ ।

