कलाकार गिरीको व्यङ्ग्य: जोगीका घरमा ३ करोड हुन्छ भने भोगीका घरमा कति ?

काठमाडौं, २५ पुस । कलाकार दीपकराज गिरीले तपस्वी रामबहादुर बोमजनको घरबाट पैसा बरामद भएको विषयलाई अर्थसँग जोडेर व्यङ्ग्य गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले जोगीका घरमा ३ करोड हुन्छ भने भोगीका घरमा कति होला भनेर घुमाउरो पारामा सोही कुरालाई व्यक्त गरेका हुन्।

उनले लेखेका छन्- पैसा कॉहा गो ? पैसा कॉहा गो ? भनेर अर्थबिधहरू चिन्ता गर्दैथे क्यार…जोगी का घरमा ३ करोड हुन्छ भोगीका घरमा कति होला ?

नेपाल प्रहरीको टोलीले तपस्वी रामबहादुर बम्जनलाई मङ्गलबार घरबाटै पक्राउ गरेको थियो भने उनको घरबाट ३ करोडभन्दा बढी रकम समेत बरामद गरेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय