नेप्से परिसूचक २० अंकले बढ्यो, ६ अर्बको कारोबार

काठमाडौं, २४ पुस । मङ्गलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्से इन्डेक्स २० दशमलव ६२ अंकले वृद्धि भइ २ हजार ८० दशमलव १२ अंकमा कायम भएको छ ।
आज ६ अर्ब ११ करोडको कारोबार हुँदा १७ लाख ९४ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलबार सबैभन्दा धेरै कमाउनेमा कर्णाली विकास बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सुनकोशी विकास बैंक अप्पर स्याङ्गे हाइड्रो पावर, त्रिशुली हाइड्रो पावर कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रि इन्सुरेन्स देखिएको छन्।
सबैभन्दा धेरै गुमाउनेमा धवलागिरि लघुवित्त रहेको छ। जसको सेयर ८ दशमलव १९ प्रतिशतले गिरावट आएको छ।

