विवादका बीच दुरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजिनामा

काठमाडौं २४ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्री मन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएको प्राधिकरण स्रोतले जनाएको छ ।
पछिल्लो समय प्राधिकरणमा विभिन्न विषयसँग सम्बन्धित विवादहरु बढिरहेका बेला उनको अचानक राजिनामा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय टेरामक्स, एमडीएमएस, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रिया आदि विषयमा विभिन्न खालका विवादहरू बढ्दै गएको छ ।
केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला २०७६ साउनमा उनी प्राधिकरणको अध्यक्षामा नियुक्त भएका थिए ।

