त्रिवि उपकुलपतिका लागि पुनः दरखास्त आह्‍वान

काठमाडौं, २३ पुस । त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान गरेको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सोमबार पुनः सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।

यसअघि छनोट समितले पहिलोपटक पुस २० गते दरखास्त आह्वान गरेको थियो। तर, त्यो दरखास्त आइतबार रद्द गरेको त्रिविले आज पुनः अर्को दरखास्त आह्वान गरेको हो।

उपकुलपतिका लागि इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन्। समितिले यही पुस २० गते शुक्रबार पहिलो सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । तर, त्यो सूचनामा उल्लेखित प्रावधानबारे विवाद भएपछि त्यसर्ला सच्याएर पुनः अर्को सूचना जारी गरिएको हो।

पहिलोपटक खुला प्रतिष्पर्धा मार्फत् उपकुलपति नियुक्त गर्न लागेको त्रिविले सार्वजनिक गरेको सूचनाको व्यहोराको आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले सूचना रद्द गर्न निर्देशन दिएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय