थोक्पन बिद्यालयले गर्‍यो २ सय सहयोगदातालाई सम्मान

पाँचथर,२३पुस।पाँचथरको फालेलुङ-७ बासबोटे स्थित श्री थोक्पन आधारभुत बिद्यालयले २ सय भन्दा बढी सहयोगदातालाई सम्मान गरेको छ।
शनिबार बिद्यालयमा आयोजित कार्यक्रममा बिद्यालयको अक्षयकोष स्थापनाका लागी सहयोग गर्ने फालेलुङ गाउँपालिका ६ र ७ का झन्डै दुई सय सहयोगदाता सहित २४ जना विद्यार्थीलाई समेत सम्मान गरेको हो।
२०८० को शुभ दिपावलीको अवसरमा बिद्यालयले रकम सङ्कलनका लागि अभियान चलाएको थियोे । सो अभियानमा सबभन्दा बढी सोही बिद्यालायका पुर्व प्रधानाध्यापक प्रेम रिमालले १ लाख ११ हजार १११ सहयोग गरेका थिए।
कार्यक्रममा सहयोग दाता रिमालको बारेमा टेकनाथ रिजालले चर्चा गर्दै बिद्यालयको लागि अध्यापन गराएर दिएको योगदान र अहिले पुनः आर्थिक सहयोग समेत दिएकोमा प्रशंसा गरे।
कार्यक्रमका प्रमुख अतिथि फालेलुङ गापा वाङ्मय साहित्य प्रतिष्ठानका अध्यक्ष एवं सिद्धदेवी माविका प्रधान अध्यापक शुरेन्द्र कुमार केरुङ ‘शिशिर’ले कार्यक्रम उद्घाटन गर्दै बिद्यालयको कामको प्रशंसा गरे। प्रमुख अतिथि शिशिरले बिद्यालयको भौतिक बिकासले शिक्षक विद्यार्थीमा हौसला थपिने भन्दै सहयोग दातालाई धन्यवाद दिए। उनले विद्यार्थी र अभिभावक सहित स्थानीयवासीको समेत उच्च प्रशंसा गरेका थिए।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर आङ्बोको सभापतित्वमा भएको कार्यक्रममा फिदिम नगरपालिका १२ का बौद्धिक ब्यक्तित्व गजेन्द्र राई,फालेलुङ गाउँपालिका वडा नम्बर-७ का वडा अध्यक्ष टेकबहादुर केरुङ,फालेलुङ गाउँपालिका शिक्षा समिति सदस्य जयप्रकाश बासकोटा,पालिका सदस्य मणिराम बराल लगायत शिक्षासेवी र समाजसेवीले विद्यालय तथा विद्यार्थीको उन्नति र प्रगतिको कामना गरेका थिए।

सोही अवसरमा २४ जना विद्यार्थीलाई नगद १५ सय सहित सम्मानपत्रबाट सम्मान गरिएको थियो।
२०११ सालमा स्थापना भएको सो विद्यालयले शुभ दिपावलीको अवसरमा १४ लाख ७० हजार भन्दा बढी रकम सहयोगदाताबाट संकलन गरेको र अझै केही रकम सहयोग आउनेक्रम जारी रहेको बिद्यालयका प्रधान अध्यापक जेबी राईले बताए।
कार्यक्रममा अतिथिहरुले शिलालेख उद्घाटन गर्नुको साथै बिद्यालयका विद्यार्थीहरुले नृत्य तथा साङ्गितिक कार्यक्रम प्रस्तुत गरेका थिए। यसैगरी कार्यक्रममा सहभागी प्रमुख अतिथि,बिशेष अतिथि सहित कलाकार,संचारकर्मी र सहयोगी सबैलाई मायाको चिनो प्रदान गरिएको थियो।

बिद्यालयकी शिक्षिका मनु चाम्लिङले स्वागत मन्तव्य राखेको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष पदम रिजालको पनि बिशेश भुमिका रहेको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय