यी हुन् कांग्रेसका १० उम्मेदवार, महामन्त्री थापाको लिखित असहमति
काठमाडौं२३,पुस। नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीले भागबन्डाबाट पाएको १० वटै स्थानको उम्मेदवार टुंगो लगाएको छ ।
आइतबार दिनभर भाडभैलो भएको बैठक सोमबार झिसमिसे उज्यालोमै टुंगिएको छ। बैठकमा महामन्त्री गगन थापा सहित नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले लिखित असहमति राखेको स्रोतले जनाएको छ।
पार्टी संस्थापन पक्षका ६ जना, संस्थापन इतर डा.शेखर कोइराला र महामन्त्री थापा पक्षका ३ जना र कृष्ण सिटौला गुटका स्वयं सिटौला नै गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको बुझिएको छ।
यी हुन कांग्रेसका १० उम्मेदवार
कोशी : पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला
मधेश : आनन्द प्रसाद ढुंगाना
वाग्मती: विष्णु देवी पुडासैनी र जितजंग बस्नेत
गण्डकी: किरण बाबु श्रेष्ठ र पदम बहादुर परियार
लुम्बिनी: विष्णु देवी सापकोटा
कर्णाली: कृष्ण रोकाया
सुदूरपश्चिम: नारायणदत्त भट्ट र बलदेव बोहरा

