वारुदको थुप्रोमाथि बसेर सलाई नकोर्न माओवादीलाई चेतावनी

कृष्ण पहाडी

काठमाडौ,२२पुस।माओवादी नेतृत्वको सरकारले वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम गरिरहेको मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आरोप लगाएका छन्।

मधेस प्रदेशको बिरगंजमा आयोजित समाजको २६ औँ राष्ट्रिय परिषद् बैठककको उद्घाटन सत्रमा बोल्दै शान्ति समाजका संस्थापक सभापति पहाडीले यस्तो बताएका हुन्। क्षेत्रीय, जातीय, धार्मिक लगायत संवेदनशिल विषयतर्फ इङ्गीत गर्दै उनले मन्त्रीहरु अराजक भएको र सरकारले समाजलाई जोड्ने होइन तोड्ने काम गरिरहेको आरोप पनि लगाए।

पहाडीले भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकार नागरिकसँग डराएर निषेधात्मक, दण्डात्मक, प्रतिबन्धात्मक र प्रतिशोधात्मक मार्गमा अघि बढेको हुँदा लोकतन्त्र धरापमा परेको पनि बताए। पहाडीले भ्रष्ट नेतालाई कारबाही गरि लोकतन्त्र जोगाउन समेत सबैलाई आह्वान गरे।

यसैगरी परिषद् बैठकलाई सम्बोधन गर्दै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले भ्रष्टाचारका हरेक ठूला काण्डमा शिर्ष नेताहरुको संलग्नता रहेको र भ्रष्टाचारमा सर्वदलिय सहमति हुने गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र केपी शर्मा ओलीको संलग्नता रहेका भ्रष्टाचारका दर्जनौ घटनाको बारेमा आफुलाई जानकारी भएको बताए।

सांसद सिंहले एनसेल महाघोटालामा कुन नेताले कति खाएका छन् र कति प्रतिशत सेयरमा देश विरुद्ध घात गरेका छन् भन्ने फेहरिस्त सुनाएका थिए।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय