कांग्रेस नेता पोखरेलको प्रश्न : रवि र राजेन्द्रलाई मेलमिलाप दिवसमा किन नबोलाएको ?

काठमाडौ,१७पुस।नेपाली कांग्रेसका नेता एवं वीपी संग्रहालयका संस्थापक अध्यक्ष परशुराम पोखरेलले पार्टीले राष्ट्रिय मेलमिलाप दिवसको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निम्तो नगरेकोमा कडा प्रतिवाद गरेका छन् ।

नेपाली कांग्रेसले सोमबार आयोजना गरेको कार्यक्रममा सत्ता गठबन्धन बाहिर रहेका दलका नेतालाई निम्तो गरेको थिएन। पोखरेलले त्यसैलाई लिएर आज फेसबुकमा रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नबोलाएर कांग्रेसले गल्ती गरेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्ने,-‘नेपाली कांग्रेस केन्द्रिय समितीले जन नायक वी पी कोइरालाको राष्ट्रीय एकता तथा मेलमिलाप नितीको ४८औं बर्ष प्रबेशको अबशरमा काठमाडौमा बिचार बिमर्श कार्यक्रम आयोजना गरेकोमा राष्ट्रीय प्रजातन्त्र पार्टी र राष्ट्रीय स्वतन्त्र पार्टीका साथ मधेसबादी पार्टीलाई निमन्त्रणा गरेको रहेन छ।जनमानसमा यस प्रकारको कार्यबाट सकारात्मक छाप परेको छैन।’

पार्टीको पुर्व महासमिति सदस्य एवं पुर्व क्षेत्रीय सभापति समेत रहेका पोखरेलले अगाडी लेखेका छन्,-‘आलोचना सुन्न र सहन गर्न नसक्ने कॅाग्रेस नेतृत्वबाट जनताले के आशा राख्ने ? मेरो प्रश्न छ मेरा शिर्ष नेताहरूमा। के चाही बोल्थे सुन्ने साहस किन नराखेको? संसदमामा चौथो र पाचौ ठुलो दललाई एउटा कार्यक्रममा नबोलाउदैमा उनिहरूको हैसियत कम हुने हो र? वी पी कोइरालाको मेलमिलाप नितीलाई कार्यक्रमकै दिन नेपाली कांग्रेसले धज्जी उडायो।’
उनले अझै अगाडी लेखेका छन्मै,-‘मैले भन्ने गरेको छु वी पी कोइरालाको अपमान कोही कसैले गरेका छैनन्।गर्छन भने नेपाली कॅाग्रेसका नेताले गरेका छन्।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय