के तपाईंलाई मधुमेह (डाइबेटिज) छ ?

शरीरमा इन्सुलिन हर्मोनको उत्पादनमा कमी आएको अवस्थामा मधुमेह (डायबिटिज) हुने गर्छ । इन्सुलिनले शरीरमा रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ ।

डायबिटिजलाई टाइप वान र टाइप टु गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ । टाईप वान वंशााणुगत हो भने टाइप टुको डायबिटीज मानिसको जीवनशैलीका कारण देखा पर्ने हुन्छ ।  यी दुवै कारणले डायबिटिजको समस्या भइरहेको हुन्छ । अहिले धेरै देखिने गरेको डायबिटिज टाइप टु हो ।

कस्ता व्यक्तिमा डायबिटिजको जोखिम बढी हुन्छ ?

  • मोटोपन बढी भएका ।
  • कम्मर, पेट वा शरीरका विभिन्न  भागमा बोसो जमेका ।
  • वंशाणुगत गुण
  • मानसिक रुपमा बढी प्रेसर पर्ने काम गर्ने व्यक्तिलाई ।
  • निष्क्रिय जीवन बिताउने ।
  • बढी चिल्लो, मसलादार खानेकुरा खाने व्यक्तिलाई ।
  • उच्च रक्तचाप भएका व्यक्तिलाई ।
  • मध्यपान तथा धूमपानको अत्यधिक सेवन ।
  • शारीरिक कसरत नगर्ने ।

डायबिटिजका लक्षणहरु

विभिन्न अनुसन्धानका अनुसार, ५० प्रतिशत बढीलाई डायबिटिज लक्षण विना नै देखिएको छ । यद्यपि जुनसुकै उमेर समूहका मानिसहरुमा डायबिटिज हुन सक्छ ।

  • बढी थकान महशुस हुने
  • पिँडुला दुख्ने
  • बढी भोक लाग्ने
  • छिटो छिटो पिसाव लाग्ने र तिर्खा लाग्ने
  • आलस्य हुने, जाँगर नचल्ने
  • वजन घट्दै जाने
  • मुख सुख्खा हुने
  • वाकवाकी, रिंगटा लाग्ने
  • खाना बढी रुच्ने
  • हातखुट्टा पोल्ने, सुन्निने, झमझमाउने
  • आँखा धमिलो र तिरमिराउने
  • यौन दुर्वलता हुने
  • पटक–पटक सङ्क्रमण हुने वा घाउ ढिलो निको हुने

डायबिटिजबाट कसरी बँच्ने ?

डायबिटिजबाट बच्न विभिन्न उपायहरु अबलम्बन गर्न सकिन्छ । जसलाई बुँदागत रुपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ स

  • शारीरिक व्यायाम दैनिक ४५ मिनेट र हप्तामा पाँच दिन मजाले हिँड्ने ।
  • डाक्टरको सल्लाहमा नियमित औषधिको सेवन गर्ने ।
  • समय९समयमा खाना खाने ।
  • मैदाबाट बनेका खाना कम गर्ने ।
  • शरीरको तौल सामान्य राख्ने ।
  •  चिनीको मात्रा कम गर्ने ।
  • आँप सकभर नखाने ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय