सन् २०२४ आजदेखि प्रारम्भ, विश्वभर स्वागत गरी मनाइँदै

काठमाडौं, १६ पुस । आजदेखि सन् २०२४ प्रारम्भ भएको छ । जनवरी १ लाई संसारभर अंग्रेजी नयाँ वर्षका रुपमा स्वागत गरी मनाइन्छ ।
अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको मानिन्छ । ईस्वी संवत्काे नयाँ वर्ष सुरु भएको खुसियालीमा आज विश्वभर नै विभिन्न कार्यक्रम हुँदैछन् । पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बढ्न थालेको छ।
विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, चितवनको सौराहा, लुम्बिनीलगायतका ठाउँमा आइतबार साँझ ‘न्यू इयर इभ’ का कार्यक्रम गरी आतिसबाजी समेत गरिएको थियो ।

