प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रीपरिषद्‍को आकस्मिक बैठक आह्‍वान

काठमाडौं, १४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाबारे छलफल र निर्णय गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन्।

बैठक दिउँसो १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय