नाबालिग बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं, १३ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने जेल जाने भएका छन् ।
नाबालिग बलात्कार मुद्दामा क्रिकेटर लामिछाने दोषी ठहर भएका हुन् ।
शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर तथा पूर्व कप्तान लामिछानेलाई दोषी ठहर गरेको हो ।

