बालकुमारीमा भएको झडपमा दुई युवाको ज्यान गयो

काठमाडौं, १३ पुस । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा परी दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह छन् ।
जुम्ला स्थायी घर भई भक्तपुर बस्दै आएका सुजनलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल ल्याइएको र सीपीआर सफल नभएपछि मृत घोषणा गरिएको थियो ।
त्यस्तै गम्भीर घाइते शाहको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

