वाइसीएल दोलखा संयोजकमा विनोद लामा

काठमाडौ,१३पुस। नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसियल नेपाल दोलखाको जिल्ला भेला सम्पन्न भएको छ।

वाइसीएल जिल्ला संयोजक साङ्गे शेर्पाको अध्यक्षतामा सम्पन्न भेलाले विनोद लामा संयोजक र दिपेन्द्र बुढाथोकी सचीव रहेको ३७ सदस्यीय जिल्ला समिती चयन गरेको वाइसीएल दोलखाका इन्चार्ज छिरिङ थोकर लामाले जानकारी दिए।

सदरमुकाम चरिकोटमा सम्पन्न जिल्लाको उद्घाटन गर्दै माओवादी केन्द्रका नेता एवं वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा)ले माओवादी नेतृत्वको सरकारले राम्रो काम गरेको तर केही तत्व सधैं सरकारको बिरोधमा लागिपरेको बताए। उनले पार्टी नेतृत्वको रक्षा गर्दै राम्रा कामको प्रचार जनतासामु पुर्‍याउन युवाको मुख्य भुमिका हुने भएकोले त्यो जिम्मेवारी वाइसीएलले लिनुपर्नेमा जोड दिए।

उनले अहिलेको सरकारले भ्रस्टाचारी,तस्कर र माफिया विरुद्ध कडा कदम चालेको कारण तिनीहरु तिल्मिलाएर माओवादीको बिरोध गरेको भन्दै माओवादी आफ्नो लयमा फर्किसकेको र अब देशको नेतृत्व माओवादीले मात्रै गर्न सक्ने  सुनाए।

भेलामा अन्य नेताहरूले पनि शुभकामना दिदै माओवादी पार्टी र अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई घेराबन्दी गर्ने विरुद्ध वाइसीएलले कडा प्रतिवाद गर्न आवश्यक रहेको बताए।

स्वागत गर्दै वाइसीएल दोलखा इन्चार्ज छिरिङ थोकर लामाले क्रान्तिकारीहरुले  लडेर ल्याएको व्यवस्था जोगाउने जिम्मा पनि हामी क्रान्तिकारीकै भएको बताए।समाजमा रहेका बिकृती,बिसङ्गती र भ्रष्टाचार नियन्त्रणमा वाइसीएल सुरुदेखी लागेको र परिवर्तनका लागि युवा नै जाग्नुपर्ने भन्दै पार्टी र संगठनलाई मजबुत बनाउने जिम्मेवारी पनि आफुहरुको भएको बताए।

भेला सुरु हुनु अघि वाइसियलले चरिकोटमा मोटरसाइकल र्‍याली गरेको थियो ।भेलामा नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभाका सांसद गंगा कार्की (विश्व), संविधानसभा सदस्य एवं नेतृ देवी खड्का, बागमती प्रदेशका पुर्व मन्त्री बिशाल खड्का, नरबहादुर पाख्रिन लगायतले शुभकामना दिएका थिए।

सोही भेलामा नेकपा एमाले निकट युवा संघ दोलखाका नेता राजीव श्रेष्ठ (काले राजीव) वाईसियलमा प्रवेश गरेका छन् । युवा संघको तत्कालीन संगठन युथफोर्सका केन्द्रीय सदस्य रहेका श्रेष्ठ वाईसियल प्रवेश गरेसंगै माओवादी नेताहरुले अविर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय