प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै छन् ।

सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रचण्डले बेलुकी ५ बजे सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

प्रधानमन्त्री प्रचण्ड आफैंले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै अब नयाँ ढंगले काम गर्ने सार्वजनिक घोषणा गर्दै आएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय