सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं, ८ पुस । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ जारी छ । काठमाडौँ जिल्ला अदालतमा दायर बलात्कार मुद्दामा आइतबार भएको सुनुवाइ नसकिएपछि यो मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा आइतबार सुरुमा पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए । आइतबार सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए।
आइतबार दिउँसो खाजा समयपछि पनि सरकारी वकिलले बहस गर्दा नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो।

