न्युनतम तापक्रम घट्दा चिसो बढ्यो

काठमाडौं, ९ पुस । शनिबारको तुलनामा काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आइतबार घटेको छ भने यसका कारण चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहानको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको छ । यसभन्दा अझै केही मात्रामा तापक्रम घट्ने सम्भावना हुन्छ र नयाँ अपडेट  ९ बजेपछि सार्वजनिक हुने छ ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ । विहान हल्का हुस्सु लागे पनि घाम लागेसँगै क्रमशः हट्दै जाने छ।

‘आज दिउँसो उपत्यकामा घाम लाग्छ, बीचबीचमा बादल पनि देखिन सक्छ’, मौसमविद् लामिछानेले भने।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय