ठगीमा सकृय दम्पती, करोडौको ठगी उजुरी !

तारा पोख्रेल/इटहरी

इटहरी,७पुस।कोहि मानिसको स्वाभाब यस्तो हुन्छ कि ठगी गरेर भएपनी आफ्नो रबाफ देखाउने । यस्तै स्वाभाब भएका ब्याक्ति मध्यका हुन हुन रेवती रमन सापकोटा र उनकी श्रीमती लक्ष्मी सुवेदी सापकोटा ।

मोरङ्ग हालको काने पोखरी गा पा बाट इटहरी बसाई सरेका यी श्रीमान/श्रीमतीको पेशा नै ठगि रहेको अहिलेसम्मको कामले पुष्टि गर्द्छ। यिनिहरु जो मानिस सोझा सिधा छन तिनिहरुलाइ निशाना बनाइ फकाउने, विभिन्न प्रलोभन देखाउने , आफ्नो हुँदै नभएको सम्पती गाडी घर भएको देखाइ फसाउने, मेरो योजना अनुसार व्यापार गरे सफलता प्राप्त हुन्छ भनी साझेदारी बनाइ अन्त्यमा ठगी गर्ने , जग्गामा , गाडिमा , अन्य ब्याबसायमा साझेदारी बनाइ भनी ठगी गर्ने गर्दछ्न ।

जति जे कुरा गरेपनी ठगी गरेर पैसा जम्मा गर्ने अनि आफू ठूलो घरमा बस्ने र महङ्गो गाडी चढ्ने गर्दछ्न । कहिले बुढाबुढी झगडा गरे जस्तो गर्ने पारपाचुके गर्न खोज्दैछु भन्ने ,कहिले मिल्ने कहिले अफ्ट्यारो पर्न खोजे केही समय गायब हुने गर्दछ्न । अब यिनिहरुको जति कुरा गरेपनी थोरै हुन्छ । थाहा भए अनुसार ठगिको शिलशिला कानेपोखरी गापाको केशब प्रसाद अधिकारिलाई गाडी किनेर साझेदारिमा चलाउने भनी केशबको महगो ६ कट्ठा जग्गा ठगी गरेको कान्डबाट शुरु हुन्छ । केशब अधिकारिका अनुसार केशब र सापकोटा पहिले छिमेकी हुन । केशब सोझा अनि सापकोटा दम्पती चलाख ठगिमा माहिर हुन । रेवती रमन सापकोटा ठगिमा माहिर हुन भने उनको श्रीमति लक्ष्मी सुवेदी झन ठगिका बादसाह नै हुन ।  यिनी दुबै सल्लाह गरि सर्बप्रथम मेरो व्यवसाय दर्ता गरेको छ । मेरो नाममा जग्गा नामसारी गर्दा मात्र पैसा अलि धेरै निस्कन्छ  भनी झुक्याएर केशबको जग्गा ६ कट्ठा रेवतिले आफ्नो नाममा सारी त्यो जग्गा दमकको लक्ष्मी सनराइज साबिक लक्ष्मी  बैकको मिलेमतोमा  धितो राखी ३० लाख रकम निकाले । बैक र रेवती सापकोटाले साठगाठ गरि धोका दिएर पुरानो गाडी पनि किनेर चलाइरहेका बेला गाडी बिग्रेर मर्मत पनि गर्न नसकेर चल्ने नभएपछी गाडी थन्कियो । त्यो जग्गा बैकका कर्मचारी र रेवती सापकोटा दम्पतीको षड्यन्त्र र मिलेमतोमा कागजपत्र फर्जी बनाइ ठग्ने नियत दुबैले बनाएको देेेेेखियो।  पछि धितो तिर्न नसकेपछी बैकले नक्कली मानिस खडा गरि जग्गा लिलाम गरि आफ्नो कब्जामा पार्यो । जग्गा धनिलाइ रोडमा ल्यायो रेवती सापकोटा र बैकको षडयन्त्रले । काहानी लामो छ यो अत्यन्तै छोटकरीमा हो यो । अहिले पनि केशब अधिकारी परिबार डिप्रेसनमा परेर भौतारिरहेका छ्न ।
अर्को ठगी कान्ड इटहरी १६ बालग्राम चौक बस्ने कृष्ण सापकोटाको श्रीमति पार्बता भन्डारी सापकोटाको नाममा रहेको जग्गा बेचेर पैसा लिइ यता पार्बती भन्डारिलाइ चाहिँ मसंग पैसा छैन म चेक दिन्छु भनी तीन वटा चेक दुइटा ५/५ लाखको र अर्को २२ लाखको चेक पछिल्लो मितिको दिई जग्गा पास गरि मागेको र बिश्वासले चेकको आधारमा जग्गा पास गरि दिएपनी त्यो मितिमा चेक नसाटिएकोले पिडित पार्बती भन्डारिले चेक बाउन्डस गरि  जिल्ला प्रहरी कार्यलय सुनसरीमा आफ्नो रकम अशुलउपर गरिदिन भनी उजुरी दिएपछि  मिति २०८० भदौ २१ बैंकिङ कसुरमा घरबाटै पक्राउ गरि १५ दिन हिरासतमा राखेको प्रहरी कार्यलयबाट थाहा भएको छ । प्रहरिले अनुसन्धान गरि रहेको छ ।  त्यो उजुरी परेर पक्राउ परेपछी खैलाबैला मच्चिएपछी पिडितहरु एक गर्दै अरुपनी मलाइ पनि यसले ठगेको छ भन्दै चेक बोकेर आए भनी प्रहरी कार्यलयले बताएको छ । उसलाइ पक्राउ गरेपछी पिडितहरु पनि घरमा आउने  र निगरानी गरिरहेको पनि बुझिएको छ । ती ठग दम्पतिको ठगी गर्ने पेशामा संलग्न भएर ठगिएका पनि धेरै छ्न । पहिले उसको घर थिएन । जग्गाको कारोबार साझेदारिमा गर्ने गरेको स्वयमले कहिलेकाही बताउने गर्दथ्यो भनिएको छ ।

अहिले इटहरी १६ बालग्राम चौक देखि दक्षिणमा आलिसन महल बनाएको छ । त्यो घर आफ्नो नाममा नभएर अर्कैको नाममा राखेको बुझिएको छ । गाडी पनि उसको नाममा नभएको बुझिएको छ । ठगी कान्डमा संलग्न भएकोले आफ्ना नाममा नराखेको हुनुपर्छ । सापकोटा दम्पतिले पुष्प सापकोटा बालग्रामको ११लाख ५० हजार, गुणराज बस्नेत १० लाख , पार्बती भन्डारी ३२ लाख , केशब अधिकारी कानेपोखरीको ४० लाख र अन्य धेरैको करोडौं रकम ठगी गरेको बुझिएको छ । तर उनिहरुले त्यो बालग्राममा रहेको घर र अन्य जग्गा मेरै हो भनेका छ्न । इटहरी ६ बिपि चौकमा ठूलो कामख्य फर्निचर पसल पनि छ । यति ठूलो ठगी कान्ड चलाए पनि पिडितलाइ धम्की दिन छोडेका छैनन । पिडितलाइ मात्रै होइन उसको कुकृत्यको बिरोधमा बोल्नेलाइ पनि तथानाम गाली गर्दै हिडेको सम्म उजुरी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय