एनएसएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौं, ७ पुस । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदै छन् । प्लेअफ पुग्‍ने दुई टोलीको टुङ्गो लाग्दा अब बाँकी दुई स्थानका लागि पाँच टोलीको सम्भावना छ ।

आज दिउँसो १ बजे हुने खेलमा एफसी बुटवल लुम्बिनी र वीरगञ्‍ज युनाइटेड एफसी आमनेसामने हुँदा साँझ ५ बजे ललितपुर सिटी एफसीले काठमाडौं रेजर्स एफसीको सामना गर्ने छ ।

वीरगञ्जले बुटवललाई हराएर साँझ ललितपुर र काठमाडौं बराबरी भएमा वा काठमाडौं पराजित भएमा ललितपुर र वीरगञ्‍ज प्लेअफमा पुग्‍ने छन् । त्यस्तै बुटवलले वीरगञ्‍जलाई हराएर साँझ ललितपुर पराजित भएमा काठमाडौं र बुटवल प्लेअफमा पुग्‍न सक्‍ने छन् ।

ललितपुरका लागि भने जीत नै पर्याप्त हुने छ । ललितपुरले काठमाडौंलाई हराएमा प्लेअफमा पुग्‍ने छ । पराजित भएमा भने पहिलो खेलको नतिजा अनुसार हुनेछ ।

पोखरा थन्डर्स शीर्षस्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ भने धनगढी पनि प्लेअफमा पुगिसकेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय