नेपाली काँग्रेस बागमती प्रदेश सम्मेलन आज, देउवाले उद्घाटन गर्ने

काठमाडौं, ७ पुस । नेपाली काँग्रेसको बागमती प्रदेश सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदै छ । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रदेश सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जनाइएको छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति सहभागी हुनेछन् ।
त्यसैगरी नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी हुने छन् ।

