भरतपुर भ्रमण वर्ष स्थगित

काठमाडौं, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहनगर चितवनको भरतपुर महानगरपालिकाले सन् २०२४ मा गर्ने भनिएको ‘भरतपुर भ्रमण वर्ष’ स्थगित भएको छ ।
आज बसेको भरतपु महानगरपालिकाको कार्यपालिका बैठकले तत्कालका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो । भरतपुर महानगरको प्रमुख प्रचण्ड पुत्री एवं माओवादी नेतृ रेणु दाहाल हुन् । भ्रमण बर्षको नाममा तयारी स्वरुप ठुलै रकम खर्च भैसकेपछी तयारी नपुगेको, मुख्य सडकहरुको पूर्वाधार निर्माणको काम नसकिएको भन्ने कारण देखाउदै भ्रमण बर्ष स्थगित गरिएको छ।
भ्रमण वर्ष सन् २०२४ मै गर्ने तर कहिलेदेखि औपचारिक रुपमा सुरु गर्ने भन्ने बारेमा कुनै जानकारी छैन।हाल भरतपुरको नारायणगढ-गोन्द्राङ सडकखण्ड विस्तारको काम भैरहेको छ। अर्कोतिर मुग्लिन नारायणणढ सडकखण्ड पनि दिउँसो ४ घण्टा बन्द गर्ने तयारी गरिएको तथा महानगरकै पनि आफ्नो तयारी पूरा नभएकोले भ्रमण वर्ष हाललाई स्थगित गरिएको हो ।
महानगरपालिकाले पुस १४ गते अर्थात जनवरी १ तारिकको दिनमा भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी रहेको थियो । नारायणी नदी किनारमा भ्रमण वर्षको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भन्दै प्रचारप्रसार गरिएको थियो।

