प्रधानमन्त्री प्रचण्डको अमेरिका र चीन भ्रमणमा ४ करोड ७४ लाख सकियो

काठमाडौं, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई वटा देशको करिब दुई साता लामो भ्रमणमा जादाको खर्च मात्रै झन्डै पौने ५ करोड भएको छ । गत भदौ ३० गते संयुक्तराज्य अमेरिका र उतैबाट चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डको सो यात्राका क्रममा चार करोड ७४ लाख रुपैयाँ खर्च भएको देखिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा दिइएको आर्थिक सहायताको विवरणमा उक्त खर्च देखाइएको छ । प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलको अमेरिका र चीन भ्रमणका लागि चार करोड ७४ लाख दुईजार रुपैयाँ परराष्ट्र मन्त्रालयको नाममा निकासा गरिएको अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको ७८औँ महासभा र चीनको औपचारिक भ्रमणका लागि उक्त रकम निकासा गरिएको हो ।

भदौ ३० गते अमेरिका गएका प्रधानमन्त्री अमेरिकाबाटै असोज ५ गते चीन गएका थिए ।उनी असोज १३ गते स्वदेश फर्केका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय