राजमार्ग निर्माणमा दबाब दिन रवि लामिछाने चितवनदेखि बुटवलसम्म हिँड्ने

काठमाडौं, ६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने नेतृत्वको एउटा टोलि चितवनदेखीसम्म पैदल यात्रामा निस्कने भएको छ।
चितवनको नारायणगढदेखी बुटवलसम्म निर्माण भैरहेको महेन्द्र राजमार्ग अन्तर्गतको ११३ किमि सडक छिटो निर्माण गर्न दबाब दिने उदेश्य सहित राजमार्गमा पैदल यात्रा गर्न लागेको रास्वपाले जनाएको छ।हाल बाटो फराकिलो बनाउने योजना अन्तर्गत काम भैरहेको उक्त सडक खण्डलाई छिटो निर्माणमा दबाव दिन र सरकारको ध्यानाकर्षण गराउन सभापति लामिछाने आफैं यात्रामा जान लागेको स्रोतको भनाइ छ।
पुस ९ गते नारायणी पुलबाट सुरुहुने पैदल यात्रामा पार्टी सहकोषाध्यक्ष दिपक बोहरा, सांसद निशा डागी,गण्डकी प्रदेश सभापति राजन गौतम लगायत हुनेछन् ।यात्रा कति दिनको हुने भने निश्चित छैन । तर,यात्रामा जनताको गुनासो सुन्नेदेखि ठाउँ ठाउँमा भेटघाट र पार्टीका कार्यक्रम समेत राखिएको छ।

