शवलाई किन सेतो कपडाले ढाकिन्छ ?

नेपालमा अन्तिम संस्कारका क्रममा सेतो कपडा नै ओढाउने गरिन्छ । यसो किन गरिन्छ भनेर के तपाईंले कहिल्यै सोंच्नुभएको छ ? आज जानौं आखिर शवलाई किन सेतो कपडाले ढाकिन्छ ?

विशेषगरी हिन्दु धर्ममा सेतो रंगलाई पवित्रता, शान्ति र शोकको रंग मानिन्छ । शास्त्रहरुका अनुसार पनि सेतो कपडालाई व्यक्तिको अन्तिम वस्त्रको रुपमा मान्ने गरिन्छ । यस्तोमा मृत शरीरलाई सधैं सेतो रंग कपडाले ढाक्ने गरिन्छ ।

मृत व्यक्तिलाई कहिल्यै पनि कालो रंगको कपडाले बेरिँदैन किनकी यसले नकारात्मक ऊर्जा ल्याउन गर्छ । कफन शब्द मूलरुपमा अरबी भाषाको शब्द हो । यसलाई संस्कृतमा शव आच्छादनम भनिन्छ ।

हिन्दु धर्म संस्कारमा सेतो रंगलाई विशेष महत्व दिइन्छ । यसलाई दुःख मनाउने रंगको रुपमा पनि लिने गरिन्छ । यो एकदमै आम रंग हो जसलाई हिन्दु धर्ममा पवित्रताको प्रतिक पनि मानिन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...