काठमाडौंमा आज यस वर्षकै कम तापक्रम

काठमाडौं, ५ पुस । काठमाडौंमा आज यस वर्षकै कम तापक्रम रेकर्ड भएको छ । बिहिबार विहान ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ ।
बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस भएकामा आज अझै घटेको हो । यद्यपि काठमाडौंको तापक्रम अझै घट्ने सम्भावना रहेको उनले बताए ।
देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसम पुर्वानुमान महाशाखाले सुझाव दिएको छ ।

