रुकुममा ट्र्याक्टर दुर्घटना हुँदा एकै गाउँका ५ को मृत्यु

काठमाडौ,५पुस।रुकुम पश्चिममा गएराति ट्याक्टर दुर्घटनाहुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको छ।
एकै घरका श्रीमान श्रीमती सहित ५ को मृत्यु र कम्तिमा अरु ८ जना घाइते भएको प्रहरीले जनाएको छ।राति साढे १० बजेको समयमा आठबीस नगरपालिका-१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना परेको हो।
दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
आठबीसकोट नगरपालिकाको राडिबाट घर्ती गाउँ जाँदै गरेको ट्याक्टर घुम्ती सडकमा मोड्न खोज्दा दुर्घटना परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घाइते ८ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

