समाजसेवामा ‘नवीन’ पाइला

काठमाडौं महानगरपालिका-६ बौद्ध निवासी नवीन बज्र लामालाई भेट्दा शिक्षा र राजनीति उनको प्राथमिकतामा थियो । लामो समयदेखि शिक्षा क्षेत्रसँग जोडिएका लामाले शिक्षा र पर्यटनमा सरकारले ध्यान दिन सके मात्रै पनि अधिकांश समस्या हल हुने बताउँथे।

शिक्षा र पर्यटन राम्रो भएको देशमा विकास र समृद्धि पनि द्रुत गतिमा अघि बढ्छ भन्ने देखेका नवीनले केही समय अघिको भेटमा भनेका थिए,- ‘देश विकास भयो भने समृद्धि आउँछ, समृद्ध देशभित्र जनता सुखी हुन्छन् ।’

सायद त्यही कारण हुनसक्छ उनले देशको समृद्धि र विकासका लागी राजनीति पनि सङ्लो  हुनुपर्छ भन्ने मान्यता राख्दै आएका छन् । यद्यपि अहिले देशको राजनीति धमिलो नै छ।समृद्ध देश र जनताको विकासको लागि स्वच्छ राजनीति र इमानदार नेता कार्यकर्ता हुनैपर्छ भन्ने नवीनको धारणा आजपनी छ।नेपाली कांग्रेसमा आबद्ध नवीनले यतिबेला राजनीति र शिक्षालाई यथावत राखेपनी बढी समय व्यवसाय र समाजसेवामा लगाएका छन् ।

उनी यतिबेला बौद्धको अमिताभ मार्गमा रहेको बज्रबल क्याफेको अध्यक्ष छन् भने अझै बढी लायन्स क्लबमा आवद्ध भएर समाजसेवा गरिरहेका छन् । नवीन लायन्स इन्टरनेशनल, डिष्ट्रीक ३२५(इ) एमडी ३२५, नेपाल अन्तर्गत डिस्ट्रीक चेयर पर्सन(copy bank)पनि हुन् ।

राजनीतिमा जनताको गुनासो सुन्‍ने, विकास र समृद्धिसँगै भुगोल बुझेको, बदलिँदो समाजको आवश्यकता जानेको र निस्वार्थ भावनाले केही गर्छु भन्ने अठोट लिएको व्यक्ति अगाडि आउनुपर्छ भन्ने भावना राख्‍ने नवीनले समाजसेवा गर्छु भन्ने व्यक्तिमा पनि निस्वार्थ र साच्चै मनकारी मनको धनी हुनुपर्ने विचार राख्छन् । त्यसैले उनले राजनीति र व्यवसायसँगै समाजसेवा समेत आफ्नो मुख्य चाहना र दायित्व भएको सुनाए।

आफ्नो निजि स्वार्थ भन्दा माथी उठेर जनताको सुख/दु:खमा साथ दिने, जनताले चाहेको जस्तो सेवा घरदैलो मै पुगेर दिनसक्ने र साच्चै सिंहदरबारको अधिकार हरेक गाउँ र टोलसम्म पुर्‍याउन सक्ने अनि निस्वार्थ राजनीति गर्छु भन्ने युवालाई हरेक पार्टीले अवसर दिनुपर्ने धारणा राख्‍ने नवीनले समाजसेवामा लाग्नेले पनि जनताको मन जित्नेगरी काम गर्नुपर्नेमा जोड दिन्छन्।

यतिबेला आफू आबद्ध लायन्स क्लब मार्फत हरेक सामाजिक कार्यमा अग्रसर भएर लागिरहेका नवीनले केही समय अगाडि जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भुकम्प पीडितको लागि समेत लायन्स मार्फत सहयोग सामाग्री जुटाउन र पठाउन निकै ठूलो भुमिका खेले । यसभन्दा अगाडी पनि नवीनले श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीको कार्यकारी निर्देशक भएर सामाजिक संस्थामा काम गरिसकेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय